ओलीले बुझाए पार्टी सदस्यता शुल्क र लेबी
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को सदस्यता शुल्क र लेबी बुझाएका छन्।
- ओलीले च्यासलस्थित पार्टी कार्यालयमा पुगेर आर्थिक दायित्व पूरा गरेका हुन्।
- ओलीले लेबीबापत ३ लाख र सदस्यता शुल्क ३०० रुपैयाँ बुझाए।
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् ।
एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन् ।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाए। एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन् । सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गर्छ ।
एमालेको सदस्यता शुल्क वार्षिक ३०० रुपैयाँ रहेको छ । जुन रकमका साथसाथै ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन् । ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ ।
यसअघि सदस्यता शुल्क ३०० हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण