कांग्रेसले केन्द्रीय समितिका एजेन्डा पदाधिकारी बैठकबाट तय गर्ने
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा पदाधिकारी बैठकमा छलफल गरी तय गर्ने भएको छ।
- पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने र भ्रातृ संस्थाहरूको म्याद थप्ने वा नथप्ने विषयमा निर्णय गर्नेछ।
- पार्टीको १५औँ महाधिवेशन र सरकारका कामकारबाहीबारे समेत बैठकमा छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा पदाधिकारी बैठकमा छलफल गरेर तय गर्ने भएको छ ।
असार १६ गते दिउँसो एक बजेका लागि बोलाइएको बैठकका एजेन्डा तय गर्ने सभापति देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तय गर्ने जानकारी दिए । । ‘कांग्रेसका केन्द्रीय कार्यसमिति बैठक बस्नुपूर्प पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने परम्परा छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘अहिले पनि त्यही बैठकबाटै एजेन्डा तय हुन्छन् ।’
पदाधिकारी बैठक कहिले बस्ने भन्ने शुक्रबार थाहा हुने पौडेलले बताए । ‘शुक्रबारसम्म पदाधिकारी बैठक कहिले बस्ने थाहा हुन्छ । त्यही बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्छ ।’
केन्द्रीय समिति बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको नियमित बैठक गत साउनपछि बल्ल बस्न लागेको हो । यो बैठकले यसबीचमा पार्टीको कार्यसम्पादन समितिको बैठकले गरेका निर्णय अनुमोदन गर्ने महामन्त्री गगन थापाले बताए ।
बैठकमा पार्टीसमेत सहभागी सरकारका कामकारबाही, राष्ट्रिय राजनीति र पार्टीको १५ औँ महाधिवेशनको पहिलो खुट्किलो पार्टी सदस्यता बारेसमेत छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण