एमालेले बोलायो साउन ५ गते एमाले केन्द्रीय समिति बैठक
सारांश
- नेकपा एमालेले साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
- भदौ २० गते ललितपुरमा दोस्रो विधान महाधिवेशन हुने निर्णय गरियो।
- विधान महाधिवेशनमा राजनीतिक, विधान संशोधन र संगठनात्मक प्रस्ताव पेश हुनेछन्।
काठमाडौँ । नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव तयार गर्नेछन् । ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन् । विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ ।
साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण