मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह समारोहबाट झण्डै ५४ लाखको दक्षिणा लिएर चोर फरार

बुधबार, ११ असार २०८२, २१ : ०७
बुधबार, ११ असार २०८२

सारांश

  • सिंगापुरमा एक विवाह समारोहमा एक व्यक्तिले ५०,००० सिंगापुर डलर बराबरको रातो खाम चोरे।
  • चोरलाई एक वर्षको जेल सजाय सुनाइयो र रकम फिर्ता गर्न आदेश दिइयो, नतिरेमा जेल अवधि बढ्नेछ।
  • चोरले चोरीको केही रकम लुगा किन्न प्रयोग गरे र बाँकी जुवामा गुमाए, पक्राउ पर्दा थोरै रकम मात्र बरामद भयो।

सिंगापुर । सिंगापुरमा एक नवविवाहित जोडीको बिहेको खुसियाली केही बेरमा नै दुस्खमा बद्लियो । एक व्यक्तिले झण्डै ५०,००० सिंगापुर डलर (अन्दाजी ५३ लाख ७५ हजार रुपैयाँ) बराबरको रातो खाम चोरेर फरार भए।

३६ वर्षीय चोर ली यी वेइलाई मंगलबार एक वर्षको जेल सजाय सुनाइयो, साथै उनलाई उक्त रकम फिर्ता गर्न आदेश दिइएको छ। यदि उनले त्यो रकम तिर्न सकेनन् भने उनको जेल सजाय थप १०० दिनले लम्ब्याइनेछ।

ली पहिले सो होटलमा वेटरको रूपमा काम गर्थे र होटलको संरचनासँग परिचित थिए। अदालतलाई जानकारी दिए अनुसार उनले अप्रिलमा आयोजित विवाह समारोहमा आफैँलाई पाहुना देखाएर दुईवटा रातो खाम राखिएको बाकस चोरेका थिए, जुन केहीबेरका लागि निगरानीविहीन थियो । 

धेरैजसो एसियाली संस्कृतिमा, विवाहमा पाहुनाले नवविवाहित जोडीलाई शुभकामनास्वरूप रातो खाममा नगद रकम दिने चलन छ। यी खामहरू प्रायः ठुलो बाकसमा जम्मा गरिन्छ र विवाहस्थलको प्रवेशद्वारनजिकै राखिन्छ।

खामहरू हराएको थाहा पाएपछि विवाह आयोजकले प्रहरीमा उजुरी दिएका थिए। अदालतका अनुसार लीले चोरेको पैसाबाट केही सय डलर लुगा किन्नेमा खर्च गरे र त्यसपछि चार घण्टामै १२,२०० सिंगापुर डलर जुवा खेलेर गुमाए।

उनले अधिकांश रकम अनलाइन जुवा क्रेडिटमा रूपान्तरण गरी तीन दिनमा १९५ वटा अनलाइन बाजी खेले। केही दिनपछि पक्राउ परेका लीबाट प्रहरीले जम्मा ३ हजार सिंगापुर डलर मात्र बरामद गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप