धम्कीपछि कलाकार लामा : ‘पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ?’
सारांश
- कमेडियन प्रभात लामालाई पूर्व राजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि धम्की आएको छ।
- उनले आफूलाई राजावादी बताउनेहरूबाट फोन र म्यासेजमार्फत धम्की आएको बताएका छन्।
- लामाले आफू गणतान्त्रिक मुलुकको नागरिक भएको र क्यारिकेचर गर्नु आफ्नो अधिकार भएको बताए।
काठमाडौँ । कमेडियन प्रभात लामालाई धम्की आएको छ । ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि उनलाई विभिन्न धम्की आएको बताइएको छ ।
आफूलाई राजावादी बताउनेहरूबाट फोन तथा म्यासेज लगायतको विभिन्न माध्यमबाट धम्की आएको उनले बताए । 'पूर्वराजा ज्ञानेन्द्र विष्णु भगवान्को अवतार हो । तैले क्यारिकेचर गर्न मिल्छ ?' भन्दै गाली गलौच गर्दै बचेर हिँड्न भनेर धम्की दिएको लामाले खुलाए ।
लामाले यस विषयमा सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै भनेका छन्, ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा मैले पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरपछि केही साथीहरु रिसाएर म्यासेज, फोन गरिराख्नु भएको छ । म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री ज्यूको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्छु भने पूर्वराजको क्यारिकेचर गर्दा गलत के भयो ? ।’
‘तपाईँको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईँको राजा ल्याउँदै गर्नुस्’, उनले अगाडि थपेका छन्, ‘रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि, क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईँहरू पनि गर्नुस् । कलाकारितामा आउनुस् । जातभातको कुरै नगर्नुस् ।’ उनले अहिलेको समय जातको कुरा गर्नु शोभनीय नभएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण