गुरुङ समाज जापान कान्साईले कार्यक्रम गर्दै
जापान । गुरुङ समाज जापान कान्साई क्षेत्रीय समितिको आयोजनामा आउँदो जुलाई १३ का दिन ओसाका शहरमा कार्यक्रम हुने भएको छ ।
समितिकी सचिव युना गुरुङका अनुसार प्रवासमा रहेका नेपालीहरूबीच भातृत्व, सद्भाव र आपसी आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कान्साईमा सक्रिय विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण नेपालीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।
कार्यक्रम ओसाकाको Nishinakajima BBQ Park, 2-1 Nishinakajima, Yodogawa-ku, Osaka City मा पारिवारिक वातावरणमा हुने उनको भनाइ छ। जहाँ विविध सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा आपसी चिनाजानी बढाउने खालका क्रियाकलापहरू समावेश गरिने सचिव गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा कान्साईमा क्रियाशील सबै संघसंस्था तथा नेपाली समुदायलाई आमन्त्रित गरिएको छ।
गुरुङ समाज जापान कान्साई क्षेत्रीय समितिका अध्यक्ष दिनेश गुरुङले कार्यक्रममार्फत समाज अझ स्थापित हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा यस्तै रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै जाने जानकारी दिए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन समितिका सल्लाहकार तेज गुरुङ संयोजक तोकिएका छन् भने प्रचारप्रसारलाई सशक्त बनाउँदै संस्थाकी उपाध्यक्ष संगिना गुरुङसहित सम्पूर्ण पदाधिकारीहरू सक्रिय रुपमा खटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण