विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्याउन परामर्श तथा समन्वय उपसमितिको बैठक
काठमाडौँ । विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन शिक्षा समिति अन्तर्गत परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको छ । बिहीबार बिहान ८ बजेदेखि उपसमितिको बैठक बसिरहेको हो । शिक्षा समिति सभापति अम्मरबहादुर थापाको संयोजकत्वमा रहेको परामर्श उपसमितिले विवादित विषयमा छलफल गरिरहेको छ ।
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन आज दिउँसो १ बजे शिक्षा समिति बैठक बोलाइएको थियो । तर,उपसमितिले विवादित विषयमा टुङ्गो नलगाएपछि शिक्षा समिति बैठक बस्न सकेन । परामर्श उपसमितिबाट विवादित विषय टुङ्गो लगाएपछि समिति बैठकमा पेस गरिनेछ ।
विधेयकमा निजी विद्यालय र प्रारम्भिक बाल विकास शिक्षाको विषयमा विवाद रहँदै आएको छ । सरकारले निजी विद्यालयको हकमा कम्पनी र गुठी दुवै मार्फत सञ्चालन गर्न दिने गरी विकल्प अघि सारेको छ ।
त्यस्तै बाल विकासको हकका दुई वर्षे बनाउने भन्ने रहेको छ । यी दुई विषयसहित अन्य केही विषयमा समेत विवाद देखिएको छ । आज र भोलिमा विधेयक टुङ्गो लगाउने समितिको तयारी छ । समितिले टुङ्गो लगाएपछि असार १५ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण