कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
बिहीबार, १२ असार २०८२, १७ : १४
बुटवल । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ गुनडाँडा ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सार्कीले सोही ठाउँका ५५ वर्षीय चिनीसरा सार्कीलाई हत्या गरेर फरार भएका थिए ।
हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको भन्सार कार्यालय अगाडि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षक(डीएसपी) सुनिल मल्लले बताए ।
सार्कीमाथि मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण