केन्द्रीय समितिका एजेन्डा तय गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ।
- बैठकले महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने वा नथप्ने निर्णय गर्नेछ।
- बैठकमा सरकारका काम कारबाही, राष्ट्रिय राजनीति र पार्टीको १५ औँ महाधिवेशनबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न आइतबार पदाधिकारी बैठक बोलाएका हुन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आइतबार बिहान साढे १० बजे सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने जानकारी आफूलाई आएको बताइन् । उपाध्यायले पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने जानकारी दिइन् ।
गत साउनपछि बल्ल बस्न लागेको कांग्रेसको नियमित कार्यसमितिको बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
बैठकले गत भदौ यता कार्यसम्पादन समितिले बैठकले गरेको निर्णय पनि अनुमोदन गर्ने महामन्त्री गगन थापाले बताए । बैठकमा पार्टीसमेत सहभागी सरकारका काम कारबाही, राष्ट्रिय राजनीति र पार्टीको १५ औँ महाधिवेशनको पहिलो खुट्किलो पार्टी सदस्यताबारे समेत छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण