मन्त्रिपरिषद् बैठक
स्पेन जानुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार, १३ असार २०८२, ११ : १८
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
- बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
- प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् । त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ । त्यसक्रममा स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ताकाे कार्यक्रम समेत तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण