मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धनाढ्य जेफ बेजोसको बिहेमा सेलिब्रेटीहरूको भीड

शुक्रबार, १३ असार २०८२, १२ : ३८
शुक्रबार, १३ असार २०८२

सारांश

  • अमेजनका संस्थापक जेफ बेजोसले इटालीको भेनिसमा पत्रकार लरेन सान्चेजसँग विवाह गरे, जसलाई 'शताब्दीको सबैभन्दा ठूलो विवाह' भनिएको छ।
  • विवाहमा बिल गेट्स, ओप्रा विन्फ्रे, र किम कार्दशियन जस्ता विश्वभरका २०० देखि २५० उच्च प्रोफाइल पाहुनाहरु सहभागी भए।
  • स्थानीय जनता र वातावरण अभियन्ताहरूले भने यस विवाहको विरोध गर्दै भेनिसलाई धनीहरूलाई बेचेको आरोप लगाए।

वासिङ्टन डीसी । विश्वका चौथो धनी व्यक्ति तथा अमेजनका संस्थापक जेफ बेजोसले पत्रकार लरेन सान्चेजसँग इटालीको सुन्दर शहर भेनिसमा विवाह गरेका छन् । यो विवाहलाई ‘शताब्दीको सबैभन्दा ठूलो विवाह’ भनिएको छ । 

यो भव्य तीन दिने महोत्सव बिहीबार कडा सुरक्षा व्यवस्थाबिच भेनिसमा सुरु भएको छ । विवाहमा सहभागी हुन विश्वभरबाट लगभग २०० देखि २५० उच्च–प्रोफाइल पाहुनाहरू आइपुगेका छन् । 

यसमा बिल गेट्स, ओप्रा विन्फ्रे, ओर्लान्डो ब्लूम, जोर्डनकी रानी, क्रिस जेनर, किम र क्लो कार्दशियन जस्ता ठूला नामहरू छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाइँ जारेड कुशनर पहिले नै भेनिस पुगिसकेका छन । 

1

यस भव्य समारोहलाई लिएर स्थानीय जनता र वातावरण अभियन्ताहरूमा भने आक्रोश देखिएको छ । प्रदर्शनकारीहरूले यसलाई ‘भेनिसलाई धनीहरूलाई बेच्ने’ उदाहरणको रूपमा वर्णन गरेका छन् । 

2

बिहीबार, एक प्रदर्शनकारीले ‘१५ धनीहरूले संसारलाई बर्बाद गरिरहेका छन्’ लेखिएको ब्यानर बोकेर सेन्ट माक्र्स स्क्वायरमा मार्च गरेका थिए । पहिलो कार्यक्रम बिहीबार साँझ भेनिसको ऐतिहासिक म्याडोना डेलुओर्टाे चर्चमा आयोजना गरिएको थियो । यो चर्च १६ औं शताब्दीका प्रसिद्ध चित्रहरूका लागि परिचित छ । 

3

सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले साँझ ४ः३० बजेदेखि मध्यरातसम्म उक्त क्षेत्रमा मानिसहरू र डुङ्गाहरूको आवागमनमा प्रतिबन्ध लगाएको थियो । कतिपयले यो वैवाहिक समारोहलाई भेनिसको अपमान भनेका छन् । अरु धेरै स्थानीयले भने यसलाई शहरको अर्थतन्त्रको लागि लाभदायक ठानेका छन् ।

4

 धनी पाहुनाहरूको खर्चबाट शहरलाई फाइदा हुने होटल व्यवसायी र टुर गाइडहरू भन्छन् । भेनिसमा भीआईपी विवाहको इतिहास धेरै पुरानो छ । सन २०१४ मा हलिउड अभिनेता जर्ज क्लुनी र मानव अधिकार वकिल अमल अलामुद्दीनले पनि यहीँ विवाह गरेका थिए ।

678910111213141516171819

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप