कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट पारित गर्यो।
- बजेटमा कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको छ।
- प्रदेशले ५.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ, र साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ।
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न स्रोतहरू निर्धारण गरेको छ । जसअनुसार, आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ जुटाइनेछ । यसैगरी, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य छ । बजेटमा अपुग हुने ३ अर्ब १३ करोड रुपैयाँ भने नगद मौज्दातबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोचलाई आत्मसात् गर्दै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । यस बजेटमार्फत प्रदेशले ५.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
बजेट पारित भएसँगै अब सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण