आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

‘ट्विटर किलर’ : जसले जापानमा ९ जनाको हत्या गरेका थिए

शुक्रबार, १३ असार २०८२, १५ : ००
शुक्रबार, १३ असार २०८२

टोकियो । जापानमा नौ जनाको हत्या गरेको आरोपमा दोषी ठहर भएका एक पुरुषलाई मृत्युदण्ड दिइएको छ । २०१७ मा टोकियोस्थित आफ्नै अपार्टमेन्टमा नौ जनाको हत्या गरी शव टुक्राटुक्रा पारेको अभियोगमा ताकाहिरो शिराइशी ऊर्फ ‘ट्विटर किलर’ दोषी ठहरिएका थिए । घटनाको समयमा उनी ३० वर्षका थिए । 

शुक्रबार उनलाई फाँसी दिइएको जापानको न्याय मन्त्रालयले जनाएको छ । शिराइशीलाई २०२० मै मृत्युदण्डको सजाय सुनाइएको थियो । उनलाई यौन दुर्व्यवहार गरेकोमा पनि दोषी ठहराइएको थियो । शिराइशीलाई टोकियो डिटेन्सन हाउसमा अत्यन्त गोप्य रूपमा मृत्युदण्ड दिइएको बताइएको छ ।

२०१७ को अक्टोबरमा प्रहरीले एक पीडितको खोजी गर्ने क्रममा टोकियो नजिक जामा शहरमा शरीरको हिस्सा फेला पारेपछि यो घटना प्रकाशमा आएको थियो । उनको अपार्टमेन्टको कोल्ड स्टोरेजमा आठ महिला र एक पुरुषको शव फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

मृतक सबै १५ देखि २६ वर्षबिचका थिए । शिराइशीले आफूले गरेको हत्याको अपराध स्वीकारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप