शनिबार नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची
शुक्रबार, १३ असार २०८२, १६ : ५०
सारांश
- सङ्घीय संसद् सचिवालयले शनिबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
- गृहमन्त्री रमेश लेखकले नागरिकता विधेयक २०८१ माथि छलफल र पारितका लागि प्रस्ताव पेस गर्नेछन्।
- बैठकमा आर्थिक विधेयक २०८२ माथिका संशोधनहरूमाथि छलफल हुनेछ।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले शनिबार बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ । कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।
त्यस्तै गृहमन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण