कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ
सारांश
- कोशी प्रदेशमा यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा केही बढी भएको छ।
- असारको दोस्रो सातासम्म कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ भएको छ।
- मध्य पहाडी जिल्लाहरूमा धान रोपाइँको गति सबैभन्दा अगाडि देखिएको छ।
विराटनगर । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँले गत वर्षको तुलनामा केही बढी भएको छ । असारको दोस्रो साता १३ गतेसम्ममा कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइ भएको हो ।
कृषि विकास निर्देशनालय, कोशी प्रदेशले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा १३.७१ प्रतिशत मात्र रोपाई भएको थियो। निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हालसम्म ३९ हजार ३८६.२६ हेक्टरमा धान रोपाई भइसकेको छ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा, मध्य पहाडी जिल्लाहरूमा रोपाइँको गति सबैभन्दा अगाडि देखिएको छ। निर्देशनालयको विवरण अनुसार मध्य पहाडमा औसत २४.९२ प्रतिशत रोपाई हुँदा, उच्च पहाडी जिल्लाहरूमा १०.९४ प्रतिशत र तराईका जिल्लाहरूमा १०.७८ प्रतिशत रोपाई भएको छ।
जिल्लागत रूपमा, पाँचथरमा सबैभन्दा बढी ४५ प्रतिशत र भोजपुरमा ४२ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ, जुन प्रदेशकै उच्च हो । त्यस्तै,ओखलढुङ्गामा ३१ प्रतिशत र खोटाङमा ३१.३० प्रतिशत रोपाई भएको छ।
यता धान उत्पादनको मुख्य क्षेत्र मानिने तराईका जिल्लाहरूमा भने रोपाईको गति केही सुस्त देखिएको छ। झापामा ८ प्रतिशत, सुनसरीमा ९ प्रतिशत र मोरङमा १५ प्रतिशत रोपाई भएको छ।
सबैभन्दा कम रोपाई सोलुखुम्बुमा ६.३१ प्रतिशत मात्र भएको छ भने सङ्खुवासभा र धनकुटामा पनि समान ७ प्रतिशत मात्र रोपाई भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण