‘हत्या गरिएकी’ पत्नी जीवित फेला परेपछि डेढ वर्ष जेल बसिसकेका पुरुषले मागे क्षतिपूर्ति
सारांश
- कर्नाटकका सुरेशले पत्नी हत्याको आरोपमा डेढ वर्ष जेल बस्नुपरेपछि ५ करोड क्षतिपूर्तिको माग गरेका छन्।
- प्रहरीले पत्नी हत्याको आरोप लगाएपछि सुरेश जेल परेका थिए, तर पछि उनकी पत्नी जीवितै फेला परिन्।
- सुरेशले प्रहरीको गैरजिम्मेवारीपन र सासुलाई दबाब दिएको आरोप लगाउँदै अनुसन्धानमा संलग्न प्रहरीलाई कारबाहीको माग गरेका छन्।
नयाँ दिल्ली । ‘हत्या गरिएकी’ भनिएकी पत्नी जीवितै फेला परेपछि डेढ वर्ष जेल बस्दाको क्षतिपूर्ति माग गर्दै एक पुरुषले मुद्दा दायर गरेका छन् ।
भारतको कर्नाटक राज्य निवासी सुरेश नाम गरेका युवकले उच्च अदालतमा क्षतिपूर्तिको मागसहित निवेदन दिएका हुन् ।
सुरेशलाई प्रहरीले पत्नी हत्याको आरोपमा गिरफ्तार गरेको थियो । पुर्पक्षका लागि थुनामा गएको डेढ वर्षपछि उनकी पत्नी एउटा रेस्टुरेन्टमा खाना खाँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।
त्यसपछि सुरेशलाई जिल्ला अदालतले रिहा गरेको थियो । सुरेशले एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने फैसलासमेत अदालतले गरिदिएको थियो ।
प्रहरी अधिकारीको गैरजिम्मेवारीपन र आफूले भोगेको पीडाको तुलनामा यो क्षतिपूर्ति रकम निकै कम रहेको भन्दै सुरेशले उच्च अदालतमा ५ करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित निवेदन दिएका हुन् । उनले उक्त घटनाको अनुसन्धानमा संलग्न प्रहरीमाथि कडा कारबाहीको मागसमेत गरेका छन् ।
सुरेशले सन् २०२१ मा पत्नी हराएको उजुरी प्रहरीमा दिएका थिए । करिब एक वर्षपछि छिमेकी जिल्लाको बेट्टाडापुर प्रहरी थाना क्षेत्र अन्तर्गतको क्षेत्रमा एउटा कङ्काल फेला परेको थियो ।
पर्याप्त प्रमाणविना नै सासु गोवरीलाई दबाब दिएर प्रहरीले उक्त कङ्काल आफ्नी पत्नी मल्लिगेको रहेको भनेर सनाखत गराएको सुरेशको आरोप छ । कङ्कालको डीएनए परीक्षणसमेत नगरी प्रहरीले मल्लिगेकै कङ्काल भनेर किटान गरी आफूलाई पर्याप्त प्रमाणविना नै थुनामा राखेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण