बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

शुक्रबार, १३ असार २०८२, १७ : ३९
शुक्रबार, १३ असार २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सभाका सदस्यले भारतमा नेपाली अपहरणमा परेको घटनाबारे सरकारको ध्यानाकर्षण गराए।
  • रोजगारीको बहानामा रकम असुली गरी अपहरणमा परेका ५८ नेपालीलाई उद्धार गरिएको घटनाबारे जानकारी दिइयो।
  • प्रदेश सभा बैठकले प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्यो।

कैलाली ।  भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरुलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् । 
    
प्रदेशसभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रुपमा लिन ध्यानाकर्षण गराए । 

भारतस्थित नेपाली राजदूतावास, किङ्ग भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए । 

    सत्तापक्ष नेकपा (एमाले)की जानकी ऐरबमले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न धनगढीमा आयोजित समारोहमा मर्यादाक्रम विपरीत प्रदेशसभा सदस्यलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडिको सिटमा आसनग्रहण गराएर प्रदेशसभा र सुदूरपश्चिम प्रदेशवासीमाथि नै अपमानित गर्ने काम भएको भन्दै सरकारको तत्काल जवाफ माग गरिन् ।

आजको बैठकले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप