ब्राउन सुगरसहित ७ जना पक्राउ
सारांश
- सुनसरीमा ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन्।
- प्रहरीले धरान र कोशी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूबाट २१ ग्राम ९४० मिलिग्राम र २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
सुनसरी । सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको विभिन्न स्थानहरूबाट चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
बेचबिखनमा संलग्न धरान- ११ का १९ को सुअन तामाङ र २७ वर्षीय मिसन राई, धरान- १५ का ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ र ३१ वर्षीय प्रस्ताव राई र ओसारपोसारमा प्रयोग भएका २ थान सवारी साधनसहित नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका- ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण