शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘दी मिसेज नेसनल ग्राण्ड’को उपाधि लक्ष्मीलाई

शनिबार, १४ असार २०८२, १७ : ५१
शनिबार, १४ असार २०८२

काठमाडौँ । यस वर्षको ‘दी मिसेज नेसनल ग्राण्ड’ तेस्रो संस्करणको उपाधि लक्ष्मी देवीले हात पारेकी छिन् ।

विवाहित महिलाहरूबिच हुने सौन्दर्य प्रतिस्पर्धाबाट यो उपाधि प्रदान गरिने गरिन्छ । 

हालै काठमाडौँमा सम्पन्न क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई उनले पछि पारेकी प्रतियोगितकी ब्रान्ड एम्बेसडर अनिता यादवले जानकारी दिइन् । लक्ष्मीले सो प्रतियोगितमा मोस्ट फोटोजेनिक’ अवार्ड पनि हात परेकी छिन् । त्यसका साथै जुनु कार्कीले ‘दी मिसेस नेसनल प्लाटिना’ र अनिता खड्काले ‘मिसेस नेसनल क्लासिक’ हात पारेकी एम्बेसडर यादवले बताइन् । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न यस सौन्दर्य प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री गौरी मल्ल थिइन् ।

'केही समय आफ्ना लागि' मूल नारा दिएर आयोजना गरिएको कार्यक्रमको मुख्य उद्देश्य घर व्यवहारमा व्यस्त भएर बाहिर योग्यता र क्षमता देखाउन नपाएका महिलालाई ठाउँ दिनु रहेको यादवको भनाइ थियो । 

'विवाह भएका महिलाहरूको इच्छा र चाहना मरेको हुँदैन, उनीहरूसँग केही गरेर देखाउने इच्छा हुन्छ,' यादवले भनिन्, 'त्यसका लागि यो प्लेटफर्म निर्माण गरिएको हो ।' यो तेस्रो संस्करण रहेको र यस कार्यक्रमप्रति वैवाहिक महिलाहरूको आकर्षण बढ्न थालेको पनि उनले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप