‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई पूर्ण स्वतन्त्र बनाइनुपर्छ’
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमनले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ लाई स्वतन्त्र प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताएका छन् । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमा टुक्र्याएर नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई प्राधिकरण बनाउने गरी विधेयक ल्याएको छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतीकरण र छलफलका क्रममा सुमनले दुई वटा प्राधिकरणलाई नै स्वतन्त्र बनाइनुपर्ने बताए ।
उनले भने, ‘कम्प्लिट इन्डिपेडेन्ट भयो भने राम्रो हो । हामी कहाँ डिभिजन गरिरहेका छौँ । दुई वटा डिजी बनाइरहेका छौँ । त्यति मात्रै त हो । मन्त्रीज्यू त एउटै हुनुहुन्छ । कहाँ हामीले डिभाइड गरेका छौँ । एउटामा मन्त्रीज्यू अध्यक्ष हुनुहुन्छ, अर्कोमा सचिवज्यू अध्यक्ष हुनुहुन्छ । दुई वटा कम्प्लिट इन्डिपेन्डेन्ट बनाउनुपर्छ । जो स्वतन्त्र होस् । होइन भने एउटै भए पनि स्वतन्त्र होस् । दुई वटै स्वतन्त्र हुनुपर्छ ।’
अहिले नागरिक उड्डयन प्राधिकरणको दुई थरी काम छ । पहिलो, नियमन तथा सुपरिवेक्षणको काम र दोस्रो, सञ्चालन र व्यवस्थापन । सरकारले ल्याएको उक्त विधेयकमा दुई प्राधिकरणमध्ये नेपाल नागरिक उड्डयन प्राधिकरण पहिलो अर्थात् नियमन र सुपरिवेक्षणको अधिकार दिइएको छ । नेपाल हवाई सेवा प्राधिकरणलाई भने दोस्रो अर्थात् सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिने गरी व्यवस्था गरिएको छ ।
अहिले प्राधिकरणले दुवै कामलाई फरक फरक निर्देशनालयमार्फत सञ्चालन गर्दै आएको थियो । तर नियामक निकाय र नियमित हुने निकाय फरक फरक हुनुपर्ने आईकाओको प्रावधान रहेको भन्दै सरकारले दुईवटा निर्देशनालयलाई फरक फरक प्राधिकरण बनाउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण