गोकर्णेश्वरमा युवकको शव फेला
आइतबार, १५ असार २०८२, २१ : ५८
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणढोकामा एक जना युवकको शव फेला परेको छ । धादिङ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपील बोहराले रातोपाटीलाई बताए ।
आचार्यको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका आचार्यको डेरामा सिरिन्ज फेला परेको छ ।
आचार्य लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुसन्धान अधिकृतहरूको आकलन छ । शनिबार साँझ सुतेका आचार्य आइतबार अबेरसम्म नउठेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको एसपी बोहराले जानकारी दिए । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण