चट्याङ लागेर महिलाको मृत्यु
आइतबार, १५ असार २०८२, २२ : २६
सारांश
- बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
- चट्याङ लाग्दा खेतमा काम गरिरहेकी ४५ वर्षीया सीता थारूको मृत्यु भयो।
- चट्याङबाट घाइते भएका दुई महिलाको भेरी अस्पतालमा उपचार भइरहेको छ।
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा ती महिलाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुई महिला घाइते भएका छन् ।
खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
चट्याङ लागेर बेहोस भएकी थारूलाई उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–४ लालपुरकी १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण