नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता
सोमबार, १६ असार २०८२, १३ : ०४
सारांश
- बैतडीका एक युवक चौलानी नदीमा हाम फालेर बेपत्ता भएका छन्।
- डिलाशैनी गाउँपालिकाका २६ वर्षीय महेश राना सोमबार बिहान नदीमा हाम फालेका हुन्।
- प्रहरीले बेपत्ता रानाको खोजी कार्य सुरु गरेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
बैतडी । नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन्।
जिल्लाको डिलाशैनी गाउँपालिका–३ सिमारका अन्दाजी २६ वर्षीय महेश राना यहाँको चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
राना सोमबार बिहान साढे ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेयले बताए। बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ।
राना नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण