ब्रोकर कम्पनीको चुक्ता पुँजी पुर्याउने अवधि चैतसम्म थप
सारांश
- धितोपत्र बोर्डले स्टक ब्रोकरको चुक्ता पुँजी पुर्याउने समय आगामी चैत मसान्तसम्म थप गर्ने प्रस्ताव गरेको छ।
- ब्रोकर कम्पनीहरूले पुँजी वर्गअनुसार २० करोड, ६० करोड पुर्याउनुपर्नेछ भने स्टक डिलरको चुक्ता पुँजी १ अर्ब ५० करोड कायम गरिएको छ।
- बोर्डले पुँजी यथावत् राख्दै पुँजी पुर्याउनुपर्ने समय थप गर्ने व्यवस्था गरेको छ, किनभने २ दर्जन ब्रोकरले तोकिएको न्यूनतम पुँजी अझै पुर्याएका छैनन्।
काठमाडौँ । स्टक ब्रोकरको चुक्ता पुँजी पुर्याउने अवधि आगामी चैत मसान्तसम्म थप हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको न्यूनतम पुँजी पुर्याउन सो अवधि थप गर्नेगरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनका लागि अर्थ मन्त्रालयका प्रस्ताव पठाएको हो । शुक्रबार बोर्डले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको बोर्डका एक अधिकारीले जानकारी दिए ।
यसअघि ब्रोकरले यस्तो पुँजी पुर्याउने अवधि यही असार मसान्तसम्म मात्रै थियो । यो अवधिमा ब्रोकरहरूले पुँजी वर्गअनुसार २० करोड, ६० करोड पुर्याउनुपर्ने व्यवस्था छ । त्यस्तै, धितोपत्र व्यापारी (स्टक डिलर) को चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । बोर्डले मन्त्रालयमा पठाएको प्रस्तावमा पुँजीलाई यथावत् राख्दै उक्त पुँजी पुर्याउनुपर्ने समय थप गर्ने व्यवस्था राखिएको छ ।
यसअघि २०७९ भदौमा उक्त नियमावली संशोधन गर्दै सरकारले ३० गुणासम्म पुँजी बढाएको थियो । अहिले बजारमा ९० वटा ब्रोकर कम्पनी र २ वटा स्टक डिलर कम्पनी सञ्चालनमा छन् । यसमध्ये २ वटाले पूर्ण कार्य गर्नेगरी अनुमति पाइका छन्, जसको पुँजी ६० करोड हुनुपर्छ ।
बाँकी ८८ वटा कम्पनीले सीमित कार्य गर्नेगरी ब्रोकरको जिम्मेवारी पाएका छन् यसका लागि २० करोडको पुँजी हुनुपर्छ ।
यीमध्ये कुल २ दर्जन ब्रोकरले तोकिएको न्यूनतम पुँजी पुर्याउन बाँकी छ । पुँजी पुर्याउन नसक्ने कम्पनीलाई मर्जरमा जान सक्ने व्यवस्था गर्दै धितोपत्र बोर्डले गत चैतमा निर्देशिका ल्याएको थियो । उक्त निर्देशिका कार्यान्वयन गर्दै पुँजी पुर्याउन एक वर्ष समय दिन सो समयसम्म समय थप्न प्रस्ताव गरिएको ती अधिकारीको भनाइ छ ।
‘हामीले चैत तेस्रो साता निर्देशिका ल्यायौं, त्यसको एक वर्षसम्म मर्जर वा एक्विजिसन हुन चाहनेलाई दिनुपर्छ भनेर यो प्रस्ताव पठाएका हौं,’ ती अधिकारी भन्छन्, ‘एक वर्ष समय दिँदा तेस्रो साता हुन्छ, त्यसको सट्टा चैत मसान्तसम्म पुर्याइएको हो ।’
अहिले ६० करोड चुक्ता हुने ब्रोकर कम्पनीहरूमा हिमालयन सेक्युरिटिज र एनआईएमबी स्टक मार्केट रहेका छन् । धितोपत्र व्यापारीको संख्या भने अहिले २ मात्रै छ । त्यसमध्ये एउटा नागरिक लगानी कोषको नागरिक स्टक डिलर र अर्को नबिल इन्भेस्टमेन्ट बैंकिङको नबिल स्टक डिलर कम्पनी रहेका छन् ।
यी कम्पनीबिच भने मर्जरको सम्भावना कम देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण