भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न मिल्दैन : सुमना श्रेष्ठ
सारांश
- पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षासँग खेलबाड नगर्न सचेत गराइन्।
- शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पारित गर्ने समय मागेपछि श्रेष्ठ आक्रोशित भइन्।
- श्रेष्ठले भोट बैंक बचाउन शिक्षासँग खेलबाड गर्न नहुने बताइन् र विधेयक पारित गर्न आग्रह गरिन्।
काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षासँग खेलबाड नगर्न सचेत गराएकी छन् । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल गर्ने क्रममा श्रेष्ठले भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न नहुने बताएकी हुन्।
शिक्षामन्त्री रघुजी पन्तले आजको समिति बैठक स्थगित गरेर विद्यालय शिक्षा विधेयक पारित गर्ने केही दिन पछि राख्न आग्रह गरेका थिए। मन्त्री पन्तले समय माग गरेपछि आक्रोशित हुँदै श्रेष्ठले भोट बैंक बचाउन शिक्षासँग खेलबाड गर्न नहुने बताएकी हुन्।
‘भोट ब्याङ्क बचाउनको लागि हाम्रो विद्यार्थीहरू, हाम्रा शिक्षकहरू र हाम्रो देशको शिक्षासँग चाहिँ खेलबाड गर्न पाइँदैन सभापतिज्यू। त्यसैले मैले फेरि अनुरोध गरेँ, यो पास गरौँ। विभिन्न चरणमा अग्रीमेन्ट भएको कुरा पास गरौँ,’ उनले भनिन्, ‘के–के कुरा चेन्ज गर्नुछ, अपर हाउसमा पनि बाँकी छ, फुल समितिमा जे–जे चेन्ज गर्नु छ, गर्नुहोस्। तपाईँहरूको सङ्ख्या पुग्छ, गर्नुहोस्।’
इन्ट्रेस्ट ग्रुपहरूले कानुन बनाउने नभई सांसदहरूले कानुन बनाउने बताइन् । सांसदहरूको जिम्मेवारी विधेयक पास गर्ने रहेको बताउँदै उनले यसलाई रोक्न नहुने बताएकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण