कांग्रेस बैठक : चार भ्रातृसंस्थाकाे महाधिवेशन मिति प्रस्ताव
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा तीन भ्रातृसंस्थाको महाधिवेशनको मिति प्रस्ताव गरिएको छ।
- महामन्त्री गगन थापाले किसान संघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलको महाधिवेशनको मिति प्रस्तुत गरे।
- यी संस्थाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि, पार्टीले हालसम्म म्याद थपेको छैन।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु केन्द्रीय समिति बैठकमा तीन भ्रातृसंस्थाको महाधिवेशनको मिति प्रस्ताव भएको छ । महामन्त्री गगन थापाले ती भ्रातृसंस्थामा निर्देशन समितिले महाधिवेशन गर्नका लागि प्रस्ताव गरेको मिति केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका हुन् ।
महामन्त्री थापाले नेपाल किसान संघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलका निर्देशन समितिले महाधिवेशन गर्नका लागि प्रस्ताव गरेको मिति प्रस्तुत गरेका हुन् ।
महामन्त्री थापाका अनुसार पार्टीमा किसान संघले भदौ ३ गते, थारु संघले असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघले भदौ २० र २१ गते र तरुण दलले मङ्सिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव निर्देशन समितिमार्फत प्रस्तुत गरेका हुन् ।
कांग्रेसले यी सहित ७ भ्रातृसंस्थालाई चैत मसान्तसम्म महाधिवेशन गर्ने समय दिएको थियो । त्यो बेलासम्म उनीहरूले महाधिवेशन गर्न नसकेपछि अहिलेसम्म पार्टीले न उनीहरूको म्याद थपेको छ, न त महाधिवेशन गर्न नसक्ने कार्यसमिति नै भंग गरेको छ ।
पार्टी पदाधिकारी बैठकमा अन्तिम पटक निर्देशन समितिमार्फत महाधिवेशनको मिति पेस गर्ने, त्यो मितिमा महाधिवेशन गर्न नसके स्वतः भंग गर्ने सहमति बनेको थियो । त्यसको निर्णयका लागि केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने सहमति अनुरूप चार भ्रातृसंस्थाले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण