खेलकुद सम्मान एवं खेलकुद पत्रकारिता पुरस्कार वितरण
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान २०८२ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरेका छ । सोमबार एक कार्यक्रमकाबिच खेलकुद सम्मान एवं खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।
यस वर्षको राष्ट्रिय खेलकुद सम्मानबाट ९ जनालाई सम्मानित भएका छन् । त्यस्तै राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट१० जनालाई सम्मान गरिएको छ ।राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरिएको थियो । सबैलाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
सम्मानित हुने खेलाडीहरूमा प्रेम बहादुर लिम्बु (तेक्वान्दो), वीर बहादुर महरा (तेक्वान्दो), भरत सिंह महता (पारा तेक्वान्दो), अनुजा कुलुङ राई (कबड्डी), मानमती विष्ट (कबड्डी), दिपा शाही (फुटबल), कविराज नेगी लामा (पारा तेक्वान्दो प्रशिक्षक), राजु डंगोल महर्जन (खेल चिकित्सक) र धनकुमार मैनाली (खेल निर्णायक) रहेका छन् ।
त्यस्तै, खेलकुद पत्रकारिता पुरस्कारबाट खेल पत्रकार श्रीलोचन राजोपाध्याय (नयाँ पत्रिका) लाई सम्मान प्रदान गरिएको छ । उक्त सम्मानको राशी ५० हजार रुपैयाँ रहेको थियो ।
कार्यक्रममा खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार अन्तर्गत ९ जना खेल पत्रकारलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
सम्मानित पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरद चन्द्र भट्टराई (मधेस), विक्रम कुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ (लुम्बिनी), दिनेश कुमार बुढा (कर्णाली), दिनेश बहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण