किरण चेम्जोङ सुत्रको ब्रान्ड एम्बेसडर
सोमबार, १६ असार २०८२, १८ : २२
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।आइटी कन्सल्टिङ कम्पनीले चेम्जोङलाई ३ वर्षका लागि सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
सम्झौता ३० लाख रुपैयाँ बराबरको रहेको आइटी सुत्रले जानकारी दिएको छ । सम्झौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोड्ने कम्पनीको विश्वास छ । चेम्जोङसँगको सम्झौताले कम्पनीको लक्ष्यलाई थप बल पुर्याउने विश्वास लिएको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) पंकज श्रेष्ठले चेम्जोङ खेलकुदको मैदानमा मात्र नभई प्रत्येक नेपाली युवाका लागि प्रेरणाको स्रोत भएको बताए ।
डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोल पोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण