बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफलको कार्यसूची

मङ्गलबार, १७ असार २०८२, ०७ : ४४
मङ्गलबार, १७ असार २०८२

सारांश

  • लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
  • आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ।
  • आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि छलफलको प्रस्ताव पेस गर्नेछन्।

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् । सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

कार्यसूचीअनुसार मन्त्री कार्कीबाट ‘आर्थिक वर्ष ०८२–०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेस गरिनेछ । यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बस्न लागेको हो । यसअघिको बैठक असार ७ गतेका लागि निर्धारण गरिएको भए पनि विविध कारणले स्थगित गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप