नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ: मन्त्री पाण्डे
सारांश
- मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए।
- नेपाल एयरलाइन्सले व्यावसायिक सफलता हासिल गर्न नसकेको र सुधार आवश्यक रहेको उनको भनाइ छ।
- उनले नागरिक उड्डयन क्षेत्रको विकासले पर्यटन र अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा जोड दिए।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आज नेपाल एयरलाइन्सको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाल आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।
नेपाल एयरलाइन्सले पनि आर्थिक व्यावसायिक सफलता हात पार्न नसकेको उनले बताए । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरूले ध्यान दिनुपर्ने उनले बताए । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उनको भनाइ छ ।
यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रूपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको मन्त्री पाण्डेले बताए ।
मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताए । उनले पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण