सेभिल्ला सम्मेलनले नेपालको खानेपानी र सरसफाइ क्षेत्रमा नयाँ दिशा दिन्छ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्र सङ्घको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भइरहेको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रममा सहभागी भएका मन्त्री यादवले यस्तो बताएका हुन् ।
सम्मेलनमा नेपालको राष्ट्रिय प्रतिबद्धता—सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने—बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको तथा सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनमा देखिएका कमजोरीहरू सुधार गर्दै, अहिले उच्च राजनीतिक तहबाट प्रभावकारी कार्यान्वयनको दिशा तय गरिएको मन्त्री यादवले जानकारी दिए ।
“नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बनेको सफलताले प्रमाणित गरेजस्तै, अबको लक्ष्य सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्नु रहेको छ,” उनले भने, “अन्य देशहरूको अनुभवबाट सिक्दै नेपालले समेत तीव्र प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ ।”
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले खानेपानी तथा सरसफाइ क्षेत्रमा अगाडि बढाएको यो प्रयास राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उदाहरणीय बन्ने मन्त्री यादवले विश्वास व्यक्त गरे।
राष्ट्र प्रमुखको विशेष पहलअन्तर्गत सबैका लागि सुरक्षित खानेपानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्न आवश्यक वित्तीय संरचना सुदृढ बनाउने हाम्रो राष्ट्रिय प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नु यस भ्रमणको मूल उद्देश्य रहेको समेत मन्त्री यादवले जानकारी गराए ।
उनले भने,“सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनबाट हामीले हाम्रो देशको पानी, सरसफाइ र स्वच्छताको अवस्था समीक्षा गर्याैँ । त्यस सम्मेलनले देखाएका कमजोरीहरू सुधार गर्दै यो प्रतिबद्धता उच्च राजनीतिक तहबाट अगाडि बढाइएको हो, जसले कार्यान्वयनमा गति ल्याउनेछ ।”
यसैगरी उनले अन्य देशहरूका अनुभवहरूबाट प्रेरणा लिएर, नेपालले पनि यो प्रतिबद्धतालाई प्रयोग गरेर छिटो प्रगति गर्ने लक्ष्य राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण