काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला
बुधबार, १८ असार २०८२, ०९ : १६
सारांश
- काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ।
- शैक्षिक सत्र २०८२-०८३ का लागि आवेदन फारम भर्न सकिनेछ, जसको अन्तिम मिति असार २७ गतेसम्म तोकिएको छ।
- छनोट परीक्षा साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।
सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ ।
विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको वेबसाइट वा सिधै entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्।
महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण