राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा थप र एमआरआई जडान गर्न सरकारको ध्यानाकर्षण
सारांश
- सांसद घनश्याम रिजालले राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए।
- उनले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार र एमआरआई सेवा सञ्चालन गर्न माग गरे।
- ट्रमा सेन्टरमा आईसीयू अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए ।
उनकाअनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसीयू कक्ष सञ्चालनमा छन् । उनले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसीयू सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गरे ।
उनले ट्रमामा आएका बिरामीहरूले आईसीयूकाे अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण