आइफोन १७ मा अझ ठुलो डिस्प्ले हुने
काठमाडौँ । एप्पलको बेस आइफोन १७ को मोडलमा आइफोन १६ को भन्दा ठुलो डिस्प्ले हुन सक्ने बताइएको छ । चिनियाँ माइक्रो ब्लगिङ वेबसाइट वेइपोमा सेयर गरिएको ट्रिप्स्टर डिटेलले यस्तो बताएको हो ।
वेइपोमा आएको ट्रिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार आइफोन १७ मा ६.३ इञ्चको डिस्प्ले हुनेछ । गएको वर्ष एप्पलले आइफोन १६ को डिस्प्लेको आकार बढाएर ६.३ इञ्च पुर्याएको थियो ।
अहिलेसम्म प्रो बाहेकका आइफोन १६ र आइफोन १६ प्लसमा ६० हर्जको मात्रै रिफ्रेश रेट थियो । तर, आइफोन १७ मा १२० हर्जको एलटीपीओ ओएलईडी डिस्प्ले हुन सक्ने बताइएको छ । यसले स्क्रोलिंग, एनिमेसन आदिलाई झनै राम्रो बनाउनेछ ।
रिफ्रेस रेट बढेपछि अल्वेज अन डिस्प्ले र एडाप्टिभ रिफ्रेश रेट जस्ता सुविधा भने प्रो मोडेलमा मात्रै सीमित हुनेछ । एप्पल अझै पनि प्रो मोडल र यस बाहिरका मोडेलबिच केही सुविधामा अन्तर कायम राख्न चाहिरहेको छ ।
आइफोन १७ र आइफोन १७ एयरमा सामसङको पछि एम१४ ओएलईडी प्यानलको प्रयोग हुनेछ । यही प्यान आइफोन १६ प्रो र प्रो म्याक्समा प्रयोग भइरहेको छ । यस प्यानलमा ब्राइटनेश धेरै हुन्छ, ब्याट्रीको खपत कम र स्क्रिनको लाइफ राम्रो हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण