तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी उपाध्याय नेतृत्वको समितिलाई
बुधबार, १८ असार २०८२, १९ : ५७
काठमाडौँ । नेपाली कांग्रेसले भातृ संस्था तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिएको छ ।
गत सोमबारबाट जारी केन्द्रीय कार्यसमितिको आजको बैठकले तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिने निर्णय गरेको हो ।
बैठकले तदर्थ समितिका अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समितिबाट महाधिवेशनका लागि सानो व्यवस्थापन समिति बनाउने निर्णय पनि गरेको छ । बैठकले तरुण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण