सवारी दुर्घटना दुई जनाको मृत्यु
सारांश
- काठमाडौँ र कास्कीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- काठमाडौँको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भयो।
- कास्कीको पोखरामा बसको ठक्करबाट अर्का पैदल यात्रीको मृत्यु भएको छ।
काठमाडौँ । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ र कास्कीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित सडकमा बा.७४ प ४००५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–८ भेटघाट चोक बस्ने ७० वर्षीय कुलबहादुर आचार्यको बुधवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका– २९ भण्डार ढिकस्थित सडकमा ग. १ प. १९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधवार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण