एन्फा महासचिवविरुद्ध थापाले दायर गरेको मुद्दामा दाबी नपुग्ने अदालतको ठहर
बिहीबार, १९ असार २०८२, १५ : ०२
सारांश
- एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिवविरुद्धको मुद्दा हारेका छन्।
- काठमाडौं जिल्ला अदालतले थापाको मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको छ।
- महासचिव किरण राईविरुद्ध गाली बेइज्जतीको आरोपमा थापाले मुद्दा हालेका थिए।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिवविरुद्ध दायर भएको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको छ । थापाले महासचिव किरण राईविरुद्ध गाली बेइज्जती गरेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा बुधबार न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले फैसला गर्दै दाबी नपुग्ने ठहर गरेको हो । महासचिव राईले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिले आफ्नो व्यक्तिगत चरित्र, आचरण र ख्यातिमाथि प्रहार भएको दाबीका साथ थापाले मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण