रास्वपाले रुपन्देही–३ मा उम्मेदवार छनोट विधि आइतबार टुङ्गो लगाउने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि बनाउने निर्णय गरेको छ।
- पार्टी सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस गरेको छ, जसलाई अर्को बैठकले टुंगो लगाउनेछ।
- उम्मेदवारका लागि सागर ढकाल र कुलमान घिसिङको नाम चर्चामा रहे पनि व्यक्तिबारे निर्णय भएको छैन।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि आगामी बैठकले टुङ्ग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस भएको हो । सोही विधिमार्फत आइतबारको बैठकले उम्मेदवार छनोट विधि टुङ्ग्याउने निर्णय भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव विधि प्रस्तावित भयो । त्यस विधिमाथि आगामी बैठकले टुङ्गो लगाउने निर्णय भयो । केही उम्मेदवारहरूको प्रस्ताव आएका छन् । केही आउन बाँकी छन् ।
तथापि पार्टीले योग्य उम्मेदवार छनोट विधि बनाउने सोही विधिमार्फत योग्य उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ’, रातोपाटीसँग उनले भने । उम्मेदवारको विषयमा सागर ढकाल, कुलमान घिसिङ लगायत कुनै व्यक्ति छनोट हुन सक्ने भए पनि व्यक्तिको बारेमा प्रवेशै नगरेको बुर्लाकोटीले दाबी गरे ।
‘व्यक्तिमा प्रवेश गरिएन । तर योग्य उम्मेदवार छनोट गर्न विधि नै बनाएर जाने भन्ने छ । छनोटका लागि छुट्दै नछुट्ने प्राइमरी इलेक्सन हो । स्थानीय सदस्यहरूको पनि भूमिका रहने गरी उम्मेदवार छनोट विधि प्रस्ताव भएको छ । त्यसको आउने आइतबार बैठक बसेर टुङ्गो लाग्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण