त्रिवि केन्द्रीय क्याम्पसको शौचालयमा तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) को शौचालयमा ताला लगाइएको छ ।
त्रिवि स्ववियुले प्रिन्सिपलको कार्यालयको शौचालयमा ताला लगाएको हो । प्रिन्सिपल कार्यालयका शौचालयहरू मर्मत नभएको, सरसफाइ नगरिएको जस्ता विषयमा आपत्ति जनाउँदै स्ववियुले शौचालयमा नै ताला लगाएको हौ । शौचालयमा ताला लगाइएपछि त्यहाँका कर्मचारीहरू अन्यत्र गएर शौच गर्न बाध्य भएका छन् ।
त्यस्तै प्रिन्सिपल अक्कलदेव मिश्रको कुर्सी समेत बाहिर राखिएको छ । काम नहुने पदको औचित्य नभएको भन्दै स्ववियुले प्रिन्सिपलको कुर्सी नै कार्यकक्ष बाहिर राखिएको हो ।
स्ववियुले ब्वाइज होस्टल, गल्र्स होस्टल, व्यवस्थापन भवन अगाडिका शौचालयहरू सफा गर्नुपर्ने, घाँस काट्नुपर्ने जस्ता विषयमा प्रिन्सिपल कार्यालयको ध्यानाकर्षण गराएको थियो ।
तर, सरसफाइजस्ता आधारभूत विषयमा समेत पटक–पटक ध्यानाकर्षण गराउँदा प्रशासनले बेवास्ता गरेपछि तालाबन्दी र कुर्सी बाहिर राख्नुपरेको स्ववियुले जनाएको छ ।
स्ववियुले सीसीटीभी मर्मत तथा थप जडान गर्नुपर्ने, ब्वाइज तथा गल्र्स होस्टलमा खानेपानी र सरसफाइ सुधार गर्नुपर्ने, सम्पूर्ण शौचालयमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, लाइट जडान गर्नुपर्ने, बेसिनहरूमा पाइपलाइन र ह्यान्डवास सुविधा सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
ती मागहरू सुनुवाइ नभएको भन्दै स्ववियुले असार १६ गतेदेखि शौचालयमा तालाबन्दी गर्नुका साथै प्रिन्सिपलको कुर्सी बाहिर राखेको हो ।
अखिल क्रान्तिकारी नेता अखिल क्रान्तिकारी कार्यवाहक अध्यक्ष शिवराज भट्टले भने होस्टेलमा विद्यार्थीहरूलाई समावेशी नभएको नाममा आफ्ना नजिककालाई राख्न खोजिएको बताए ।
आफ्ना नजिकका मान्छेलाई होस्टेलमा राख्न दबाब दिनका लागि स्ववियुले यस्तो काम गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण