एन्फा यू–१६ युथ लिगः एक करोडको खर्च, च्याम्पियनलाई जम्मा एक लाख
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारबाट एन्फा यू–१६ युथ लिग प्रतियोगिताको आयोजना गर्दैछ ।
एन्फाले आयोजना गर्न लागेको प्रतियोगितामा १४ वटा ‘ए’ डिभिजन लिगका क्लबहरूले सहभागिता जनाउने भएका छन् । फिफाको ट्यालेन्ट डेभलमेन्ट स्किम (टीडीएस) अन्तर्गत प्रतियोगिता आयोजना हुन लागेको हो ।
एन्फाले लिगको अनुमानित खर्च १ करोड २ लाख ३६ हजार ३ सय ३० रुपैयाँ राखेको छ । अर्थात् फिफाले यो प्रतियोगिताका लागि ७७ हजार ५ सय ४८ अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । करिब एक करोडको प्रतियोतिगामा च्याम्पियन बन्ने टोलीलाई एन्फाले मात्र १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाका प्रवक्त सुरेश शाहका अनुसार प्रतियोगितामा विजेता हुने टोलीले १ लाख रुपैयाँ पाउँदा दोस्रो दुने टोलीले ५० हजार पाउनेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूले जनही १५ हजार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण