दाजुलाई उपाध्यक्ष बनाउने सिके राउतको निर्णयको आलोचना
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्ना दाजुलाई राष्ट्रिय उपाध्यक्ष बनाएपछि आलोचना सुरु भएको छ।
- पार्टीका नेता दीपक साहले निर्णयको विरोध गर्दै परिवारवादले संस्थागत राजनीतिमा क्षति पुर्याएको बताएका छन्।
- साहले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सामूहिक निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै संघर्षको आधारमा नेतृत्व विकास गर्न आग्रह गरे।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्ना दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र र बाहिर चौतर्फी आलोचना सुरु भएको छ ।
पार्टीमा पहिल्यै राष्ट्रिय परिषद्का अध्यक्ष र सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका जयकान्तलाई थप उपाध्यक्ष बनाइएको निर्णयलाई धेरैले ‘खुला परिवारवाद’ भन्दै आलोचना गरेका छन् ।
पार्टीको कारबाहीमा परेका स्थायी कमिटी सदस्य इन्जिनियर दीपक साहले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णयको कडा विरोध जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्– ‘पार्टी अध्यक्षले आफ्ना परिवारका सदस्यलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिमा गम्भीर क्षति पुर्याएको छ ।’
डा.राउतले यसअघि बबिताकुमारी राउतलाई पनि उपाध्यक्ष बनाउँदै प्रदेश सभाको उपसभामुखको जिम्मेवारी दिएका थिए । अहिले आफ्नो दाजुलाई राष्ट्रिय उपाध्यक्ष बनाइनुले पार्टीभित्र पात्रको उपेक्षा र असन्तुलन चुलिएको साहको दाबी छ ।
नेता साहले प्रेस विज्ञप्तिमार्फत पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले अध्यक्ष राउतलाई आग्रह गर्दै लेखेका छन्, ‘सङ्घर्ष र समर्पणको आधारमा नेतृत्व विकास होस्, पारिवारिक सञ्जालको आधारमा पद बाँडफाँट बन्द गरियोस् ।’
त्यस्तै विज्ञप्तिमा अर्को उपाध्यक्षका रूपमा मनोनीत भएका दानबहादुर चौधरीप्रति पनि असन्तोष व्यक्त गरिएको छ । स्थायी समिति सदस्य तथा वर्तमान उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु रहेका दानबहादुर चौधरीलाई विगतमा अन्य दलसँग आबद्ध रहँदै आएको भन्दै उनलाई नियुक्त गर्नु ‘पार्टीको मूल्य र आदर्श माथिको प्रहार’ भएको नेता साहको गुनासो छ ।
साहले पार्टी निर्माणमा योगदान दिएका नेताहरू कवीन्द्र यादव, सुरेन्द्रनारायण यादव लगायतका समर्पित व्यक्तित्वहरूको निरन्तर उपेक्षा भइरहेको पनि उल्लेख गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्– ‘पार्टीभित्र आत्मसमीक्षा, आलोचना र सुधारको संस्कृति नभएसम्म जनमत पार्टीले मधेसका जनताको आशा–अपेक्षाको नेतृत्व गर्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण