‘नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ’
सारांश
- राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन संशोधन विधेयकलाई सुधार गरी पारित गर्न सकिने बताइन्।
- उनले नागरिकता ऐन लाखौं नेपालीको भविष्य निर्धारण गर्ने संवेदनशील विषय भएको उल्लेख गरिन्।
- कार्यक्रममा सांसदहरूले आमाको नामबाट नागरिकता दिने विषयमा संशोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा राखेकी छिन् । महिला कानुन र विकास मञ्चले शुक्रबार काठमाडौँमा आयोजना गरेको नागरिकता ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले संविधानले व्यवस्था गरेका प्रावधानहरूलाई ऐन मार्फत कार्यान्वयन गर्नका लागि विधेयकमा सुधार गरेर जान सकिने धारणा राखेकी हुन् ।
‘’नागरिकता ऐन एउटा संवेदनशील विषय हो, जसले लाखौँ नेपालीको भविष्य निर्धारण गर्छ।’ उनले भनिन् ‘यो केवल कानुनी कागजात नभई, व्यक्तिको अस्तित्वको पहिचान हो। संविधानले समानता र न्यायको भावना बोकेको छ भने नागरिकता ऐनले त्यसलाई व्यवहारमा उतार्ने माध्यम हुनुपर्छ।’
यो ऐन व्यक्तिको राज्यसँगको वैधानिक सम्बन्ध भएकाले यसले व्यक्ति र राष्ट्रबिचको नातालाई प्रमाणित गर्ने धारणा राख्दै उनले यो ऐनले व्यक्तिको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिताको ढोका खोल्ने हुँदा बढी संवेदनशील हुन आग्रह पनि गरिन् ।
‘संविधानले समानता र न्यायको भावना बोकेको हुँदा नागरिकता ऐनले त्यसलाई व्यवहारमा उतार्ने माध्यम हुनुपर्छ। उनले भनिन्‚ ‘राष्ट्रिय सभाले एक दृढ, विवेकपूर्ण र मानवीय दृष्टिकोण अपनाउँदै यो विधेयकलाई न्यायोचित रूप दिने दिशामा काम गर्नुपर्छ।’
कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले ऐनमा आमाका नाममा नागरिकता दिने विषय लगायतका बुँदाहरूमा संशोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण