पाल्पाका विभिन्न सडकमा रातिमा सवारी सञ्चालन गर्न प्रशासनद्वारा रोक
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न प्रशासन शुक्रबार विज्ञप्ति जारी गर्दै सवारी सञ्चालनमा रोक लगाएको हो ।
गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातिको समयमा सवारी साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रातको समयमा ढुङ्गा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रिकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिएको हो ।
रात्रिकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू सिद्धबाबा–राम्दी सडकखण्ड, तानसेन–रिडी– तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु–रामपुर सडकखण्ड रहेका छन् ।
सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह समेत गरिएको छ । स्थानीय प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण