शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बालगीत ‘माछा खोलीमा’ सार्वजनिक

शुक्रबार, २० असार २०८२, १९ : ४३
शुक्रबार, २० असार २०८२

काठमाडौँ । बालगायक अभय दुवाडीको स्वर रहेको बालगीत ‘माछा खोलीमा’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा ललिता दोषीका शब्द एवं रमेश सुवेदीको संगीत संयोजन रहेको छ । बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको नजिकपनलाई सरल भाषामा गीतमा उतारिएको छ ।

‘माछा खोलीमा’ शीर्षक नै गीतको कथा बताउने खालको छ, जसमा खोली, माछा, पानी र खेलकुदलाई जोड्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल हुने प्रेरणा दिन खोजिएको छ ।

गीत रचनाकार दोषीका अनुसार ‘माछा खोलीमा’ गीतले बालबालिकालाई गीतसङ्गीतमार्फत रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्‍याउनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप