विभिन्न स्थानमा ४ जना मृत फेला
शनिबार, २१ असार २०८२, १७ : ०८
काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- मोरङ, उर्लाबारी नगरपालिका-८ छड्के टोल बस्ने १८ वर्षीया कोक्मा नाल्बो लिम्बु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- इलाम, माई नगरपालिका-५ कालिखोला बस्ने ४५ वर्षीय ओम जर्गा मगर सोही नगरपालिका-४ कटेलटारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, धनकौल गाउँपालिका-२ सहनी टोल बस्ने ९० वर्षीय प्रेमलाल सहनी सोही गाउँपालिका-३ स्थित खोलामा शनिबार मृत अवस्थामा फेला पारेका छन् ।
- सुर्खेत, बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित भेरी नदीको किनारामा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ घर भएका २९ वर्षीय हिम बहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण