भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह
आइतबार, २२ असार २०८२, १० : ३०
सारांश
- सांसद अमरेशकुमार सिंहले आम्दानी नहुने ठाउँमा लगानी गर्न नहुने बताए।
- उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्नु उचित नभएको बताए।
- भैरहवा र पोखरा विमानस्थलमा भएको अनियमितताको अनुसन्धान गर्न उनले माग गरे।
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताए । जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरूको निर्माण गर्न जरुरी रहेका भन्दै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग पनि उनले गरे । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न उनको आग्रह छ ।
सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरू बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण