दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
नयाँ दिल्ली । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।
हिरासतमा लिनुअघि उनले देशका सबै सांसदहरूलाई विद्यार्थीहरूको समर्थनमा उभिन अपिल गरेका थिए ।
यसअघि सोमबार सीजेपीका समर्थकहरू नयाँ दिल्लीस्थित संसद भवन नजिकै पुगेका थिए । प्रदर्शनकारीहरूले संसदभित्र प्रवेश गर्ने प्रयास गरेपछि संसदको सुरक्षा व्यवस्था कडा पारिनुका साथै मुख्य प्रवेशद्वारलाई बन्द गरिएको थियो ।
प्रदर्शनकारीहरूलाई रोक्न र भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासका गोला प्रहार गरेको थियो । संसद् बाहिर प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्रीसहित सबै सांसदहरू संसद् भवनभित्रै उपस्थित थिए ।
त्यस्तै सोमबार बिहान प्रदर्शनकारीहरू राजीव चोक र मन्डी हाउस मेट्रो स्टेशनभित्र पनि प्रवेश गरेका थिए । कतिपय प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेडिङ तोडेर पार्लियामेन्ट स्ट्रिट प्रहरी चौकीसम्म पुगेर प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण