त्रिविमा विभिन्न समूहले लगाएको ताला खुल्यो, पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेश निषेध
सारांश
- सर्वोच्च अदालतको आदेशपछि त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोलियो।
- फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्तिको विरोध र विद्यार्थी भर्नाको माग राख्दै ताला लगाइएको थियो।
- अखिल क्रान्तिकारीले ताला खोलेसँगै उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेश निषेध गरेको छ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खुलेको छ। सर्वोच्च अदालतको आदेशपछि विभिन्न समूहको नाममा लगाएको ताला सम्बन्धी समूहले नै खोलेका हुन् ।
फास्ट ट्र्याक मार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना खोल्नुपर्ने लगायतका मागहरू राखेर आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा ताला लगाएका थिए । उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार कार्यालय तथा त्रिवि सेवा आयोगको कार्यालयमा ताला लगाएका थिए । सर्वोच्चले तत्काल ताला खोल्नु र खोलाउन वा नलगाउनु भन्ने आदेश जारी गरेको थियो।
सोही अनुसार आंशिक प्राध्यापक सङ्घर्ष समितिले तालाबन्दी खोलेको थियो। त्यसपछि नेविसंघले समेत तालाबन्दी खोलेको थियो भने आज अखिल क्रान्तिकारीले ताला खोलेको हो । ताला खोलेसँगै क्रान्तिकारीले उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेश निषेध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण