ऊर्जा मन्त्रीलाई प्रश्न : डेडिकेटेड र ट्रङ्क लाइनको विवाद कहाँ पुग्यो ?
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा डेडिकेटेड ट्रङ्कलाइनको विषय उठेको छ । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा सांसद माधव सापकोटाले ऊर्जामन्त्री दिपक खड्का समक्ष डेडिकेटेड र ट्रङ्क लाइनको विवाद कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन् ।
‘माननीय मन्त्री ज्यू, सभापति ज्यू मार्फत मन्त्री ज्यू यो डेडिकेटेड र ट्रङ्क लाइनको चाहिँ विवाद मात्रै होइन कि कहाँ पुग्यो यो ?’ उनले प्रश्न गर्दै भने,‘के कारण रोकिएको हो अहिले ?’ ।
अघिल्लो सरकारले नौ किस्तामा पैसा तिर्नका लागि दिएको निर्देशनमा व्यवसायी राजी भएको र ८ उद्योगले पहिलो किस्ता रकम बुझाइसकेको बताए । ‘यो नयाँ सरकार आएको पनि एक वर्ष भयो । कति रुपैयाँ पैसा उठ्यो? भन्दा के कारणले रोकिएको हो?’ सापकोटाले प्रश्न गरे,‘न उठाउने नै कुरा हो कि? उठाउने नै त भन्न मिल्दैन भन्नु भएको छैन । उठाउने भनी राख्नु भएकै छ तर के कारणले उठाइएको छ त यो?अहिले हेर्यौ भने विद्युत प्राधिकरणमा गएर कुराकानि गर्यो भने, यो विपद् पूर्णतयारीका लागि अलिकति तार पोल लगायतका चाहिँ सामान स्टोर गरौँ भन्यो भने सरकारले पैसा नि दिएन छैन भन्नु हुन्छ । अब यता पट्टि आफ्नो बक्यौता पैसा उठाउँदैन सरकारले फेरी, त्यसैले यो यो डेडिकेटेट ट्रङ्क लाइनको बारेमा अलि कुरा गर्न पर्यो ।’
साथै समितिको बैठकमार्फत उनले नवनियुक्त कार्यकारी निर्देशकले जारी गरेको श्वेतपत्रले कन्फ्युजन पैदा भएको बताए । ‘उहाँको श्वेत पत्रले हामीलाई केहि कन्फ्युजन पैदा भएको छ । ‘यो विषयको समितिले समितिमै बसेका सांसदहरूलाई त भन्दा आम जनमानसमा कति धेरै भ्रम होला । भन्दा अब खास सत्य कुरा के हो त? घाटामा छ कि बिगुत प्राधिकरण? घाटामा भएको बिगुत प्राधिकरणलाई कुलमान ज्यूले कसरी नाफा देखाउनु भयो?’ उनले भने,‘ त्यो महालेखाले नै परीक्षण लिएर मतलब लेखा परीक्षण गरेको होला । लेखा परीक्षण के भएको हो ? त्यसैले मैले त दुई/तीन वटा बैठकमा उठाए, आज पनि सभापति ज्यूको ध्यानाकर्षण गर्न चाहन्छु कि । स्वयं नेपाल बिगुत प्राधिकरणका प्रबन्ध निर्देशकलाई नै यो समितिमा झिकाएर उहाँका मुखबाट कुरा सुन्न पर्यो । उहाँले हामीलाई डकुमेन्ट दिनु पर्यो ।’
घाटा भए अनिवार्य दायित्व भएकाले के कारणले रोकिएको छ? तुरुन्तै समस्या समाधान गर्न माग गरे । ‘यो समितिमा सभापति ज्यूलाई माग छ कि तत्काल बिगुत प्राधिकरणका प्रबन्ध निर्देशक ज्यूलाई झिकाएर, जारी भएको श्वेत पत्रको कुरा के हो? आवश्यक पर्छ भने यही समितिमा कुलमान ज्यूलाई पनि झिकाउनु पर्छ । झिकाएर उहाँ दुबैका कुरा सुन्न पर्छ र यथार्थ कुरा के हो?उनले प्रश्न गरे,‘घाटामा छ भनी, घाटामा भएको बिगुत प्राधिकरणलाई नाफा कसरी देखाउन सक्नु भयो?महालेखा परीक्षकले त्यो चाहिँ प्रतिवेदनलाई कसरी गरिदियो? यी चैँ गम्भीर विषय हुन्, यसलाई गम्भीरताका साथ सम्मानित समितिले लिनु पर्छ ।’
सांसद सापकोटाको प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री खड्काले डेडिकेटेड ट्रङ्कलाइनको समस्या समाधान गर्ने कार्य भइरहेको बताए । ‘यसबारे समितिले काम गरिरहेको छ,’ मन्त्री खड्काले भने,‘अब छिटै समस्या समाधान गर्ने प्रयास गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण