रुपन्देहीको कञ्चन गाउँपालिकाका पाँचसय परिवारले पाए एकसाथ लालपुर्जा
सारांश
- रुपन्देहीको कञ्चन गाउँपालिकाका पाँच सय परिवारले लालपुर्जा प्राप्त गरे।
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले लालपुर्जा वितरण गरे, र कञ्चन गाउँपालिका भूमि समस्या समाधानमा पहिलो बन्यो।
- मन्त्री पौडेलले आगामी २०८४ सम्म देशभरका भूमिहीनलाई लालपुर्जा दिने बताए।
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँचसय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् ।
आइतबार रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा बितरण गर्दै मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए ।
काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने भन्दै उहाले त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने धारणा राखे ।
पौडेलले देशलाई समृद्ध बनाउदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सवैले साथ दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण